सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति अदालतमा उपस्थित भएका छन् ।
रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका रविको न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बयान चलिरहेको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका रविविरुद्ध माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सहकारी संस्थाको रकम ठगी प्रकरणमा पुरक जाहेरी दर्ता गराएको थियो ।
लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका उनी बुधबार अदालत उपस्थित भएका हुन् ।
रविको बयानपछि थुनछेक बहस शुरू हुनेछ । थुनछेक बहसपछि रविलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पूर्पक्षका लागि थुनाउनेमध्येको कुनै एक आदेश हुनेछ ।
यसअघि सहकारी ठगी प्रकरणमा रविसँग कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।