रोमाञ्चक खेलमा बार्सिलोनाको पुनरागमन जीत

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार पुनरागमन गरेको छ । बेन्फिकाको मैदानमा लगातार पछि परेको अवस्थाबाट बार्सिलोनाले ५-४ को पुनरागमन जीत दर्ता गरेको हो ।

९ गोल भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५–४ ले पराजित गर्‍यो । बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अंक जोडेको छ ।

बार्सिलोनाको जितमा रोबार्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरे । एरिक ग्रासियाले एक गोल थपे । यसअघि घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरेका थिए । बार्सिलोनाका रोनाल्डो अरौजोले आत्माघाती गोल गरे ।

खेलको पहिलो गोल दोस्रो मिनेटमा गर्दै घरेलु टोलीले बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा घरेलु टोली ३–१ ले अघि थियो । ६८औं मिनेटसम्म ४–२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकालेको हो ।

जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । ७ मध्ये पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ । शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । ११ अंकसहित बेन्फिका १६औं स्थानमा छ । अन्य खेलहरूमा भने स्लोभन ब्राटिसलाभाले स्टुटगार्टसँग ३-१ को हार बेहोरेको छ । यसैगरी, पीएसभीले क्रेभाना ज्वेदालाई ३-२ ले हराएको छ ।

More From Author

विश्वकप महिला क्रिकेट : समूह चरणबाटै बाहिरियो नेपाल

सहकारी ठगी प्रकरण : न्यायाधीश योगीको इजलासमा रविको बयान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

दर्ता

दर्तासूचना विभाग दर्ता नम्बर: ४०४३-२०७९/८०
प्रेस काउन्सिल दर्ता नम्बर: ४१६३-२०८०/८१
प्रधान सम्पादक: सुमन दुलाल
अध्यक्ष: प्रदिप न्यौपान