विश्वकप महिला क्रिकेट : समूह चरणबाटै बाहिरियो नेपाल

आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग पनि पराजित बनेको छ ।

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्रै बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

 

बुधबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपाल विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

 

अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले समान २/२ विकेट लिँदा कोल एइन्सवर्थले १ विकेट लिइन् ।

नेपाल यसअघिका दुवै खेलमा पराजित बनेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

आज अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

More From Author

स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्।

रोमाञ्चक खेलमा बार्सिलोनाको पुनरागमन जीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

दर्ता

दर्तासूचना विभाग दर्ता नम्बर: ४०४३-२०७९/८०
प्रेस काउन्सिल दर्ता नम्बर: ४१६३-२०८०/८१
प्रधान सम्पादक: सुमन दुलाल
अध्यक्ष: प्रदिप न्यौपान