युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार पुनरागमन गरेको छ । बेन्फिकाको मैदानमा लगातार पछि परेको अवस्थाबाट बार्सिलोनाले ५-४ को पुनरागमन जीत दर्ता गरेको हो ।
९ गोल भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५–४ ले पराजित गर्यो । बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अंक जोडेको छ ।
बार्सिलोनाको जितमा रोबार्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरे । एरिक ग्रासियाले एक गोल थपे । यसअघि घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरेका थिए । बार्सिलोनाका रोनाल्डो अरौजोले आत्माघाती गोल गरे ।
खेलको पहिलो गोल दोस्रो मिनेटमा गर्दै घरेलु टोलीले बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा घरेलु टोली ३–१ ले अघि थियो । ६८औं मिनेटसम्म ४–२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकालेको हो ।
जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । ७ मध्ये पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ । शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । ११ अंकसहित बेन्फिका १६औं स्थानमा छ । अन्य खेलहरूमा भने स्लोभन ब्राटिसलाभाले स्टुटगार्टसँग ३-१ को हार बेहोरेको छ । यसैगरी, पीएसभीले क्रेभाना ज्वेदालाई ३-२ ले हराएको छ ।