चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का प्रमुख कलाकार विजय बरालले २५ करोड मुनाफा कमाएको यो चलचित्रबाट सवा एक करोड रुपैयाँको मुनाफा सेयर पाउने भएका छन्। उनले ४ लाख पारिश्रमिक र ५ प्रतिशत सेयरमा काम गरेका थिए। चलचित्रले नेपालमा ५० करोड र विदेशमा २३ करोड माथिको कलेक्सन गरेपछि विजयले करोडमाथिको रकम पाउने निश्चित भएको हो। यो चलचित्रमा विजयले कथा मन परेकाले चार लाख मात्रै पारिश्रमिक लिएर ५ प्रतिशत मुनाफा सेयरमा बस्न राजी भएका थिए ।

Posted in
मनोरन्जन